एटिएम ह्याक गरी पैसा चोर्ने गिराेहकाे सक्रियता बढ्याे, एटिएम ह्याक गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्ने गिरोह फेरि सक्रिय हुन थालेका छन् । प्रहरीले काठमाडौँ महानगरपालिका–२७, ज्याठास्थित रहेको मेगा बैंकको एटिएमबाट पैसा चोर्ने प्रयास गर्दैगर्दा चिनियाँ नागरिक वाङ सियालोङलाई पक्राउ गरेको छ ।
विभिन्न बैंकको एटिएम बुथमा अस्वभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ दरबारमार्ग प्रहरी वृत्त र काठमाडाँै परिसरबाट प्रहरी परिचालित भएको थियो । प्रहरी टोलीले मंगलबार साँझ ५ः३० बजेको समयमा एटिएमको किबोर्ड र पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
उनी ज्याठास्थिति होटल मन्ट्यसको चौथो तलाको कोठा नं ४ मा बस्दै आएको पनि प्रहरीले जनाएको छ । प्रहरीले उनको कोठबाट विभिन्न किसिमका १०वटा चाबीसहितको झुप्पा, सात थान माग्रेटी भिआइपी लेखिएको एटिएम कार्ड र तीन थान युनियन पे लेखिएको एटिएम कार्ड बरामद गरेको छ ।
उनको साथबाट एप्पल कम्पनीको चर्किएको म्याक बुक प्रो र त्यसको चार्जर एक थान, रातो पासपोर्ट, चिनियाँ भाषामा लेखिएको फोटोसहितको कार्ड, ड्रिल मेसिन, मेसिनमा लाग्ने व्याट्री र काँटी, झोलालगायत सामग्री बरामद भएको छ । वाङलाई बैंकिङ कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया