निश्पक्ष र पारदर्शी ढंगले जिम्मेवारी पूरा गर्न आइजिपी थापाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालित नेपाल प्रहरीको आव २०७७/०७८ मा संचालन भएका तालिमको समीक्षा तथा आव २०७८/०७९ को तालिम योजनासहितको तालिम क्यालेण्डर निर्माणसम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त गोष्ठीको समापन गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस गोष्ठीका निष्कर्षले प्रशिक्षण प्रदायक केन्द्रमा लिइएको निर्धारित लक्ष्य प्राप्तिका लागि मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षण केन्द्रमा कार्यरत प्रहरी कर्मचारी रोल मोडलका रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै निर्धारित लक्ष्य प्राप्तिप्रति अत्यन्तै गम्भीरतापूर्वक विश्लेषण गर्दै प्राप्त जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीरुपमा निर्वाह गर्न उनले निर्देशन दिए ।
तालिमको परिमाणभन्दा पनि त्यसको गुणस्तरमा ध्यान केन्द्रित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक क्षेत्रीले तालिम प्रदायक निकायबाट प्रशिक्षणमा सिकाइएका ज्ञान, सीप तथा कौशललाई कार्य सम्पादन गर्ने क्रममा प्रहरी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा कसरी प्रदर्शन ग¥यो भन्ने विश्लेषण हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीलगायत कार्य एवम् अपराध अनुसन्धान विभाग तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले आ–आफ्नो विभागसम्बन्धी तालिम आवश्यकता एवं आवश्यक स्रोत व्यवस्थापनसम्बन्धी टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए ।
मंगलबारदेखि सुरु उक्त गोष्ठीमा प्रहरी प्रधान कार्यालयस्थित सबै विभाग, निर्देशनालय, ब्यूरो तथा तालिम प्रदायक शाखाका प्रतिनिधि, अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा नवलपरासी, सबै प्रदेश प्रहरी तालिम केन्द्र र महानगरीय प्रहरी शिक्षालय महाराजगंजका प्रमुख तथा तालिम शाखाका प्रमुखको सहभागिता थियो ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया