भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने सङ्केत

नयाँ दिल्ली । भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरावलोकन’ पछि कटौती गर्ने सङ्केत गरेकी छिन् ।
कटौती गरेको राष्ट्रिय बचत योजना र सार्वजनिक सञ्चय कोषलगायतमा लागू गर्नेगरी आएको ब्याजदर योजनाले लाखौँ मध्यम वर्गीय बचतकर्तालाई प्रभाव पार्ने भन्दै यसलाई विचाराधीन राखिएको बुधबार अर्थमन्त्रालयले बताएको छ ।
“भारत सरकारको साना बचत योजनाको ब्याज दर २०२०–२०२१ को अन्तिम त्रैमासिक अवधिको दरमा जारी रहनेछ, जसमा मार्च २०२१ सम्ममा पर्ने दरहरू पुनरावलोकन गर्दै फिर्ता लिइने छ,” अर्थमन्त्री सीतारमणले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
यदि नयाँ कर दर निर्देशन कार्यान्वयन भएको भए यो एक बर्षभित्र सानो बचतमा दोस्रो कटौती हुने थियो । यो दर लागू हुँदा उक्त क्षेत्रको ब्याज दर चार दशकमा सबैभन्दा न्यून हुने थियो ।
आर्थिक वर्ष २०२०–२१ को अप्रिल–जूनको त्रैमासिकमा सरकारले साना बचत योजनाहरूको दर ०.७० देखि १.४ प्रतिशतले कटौती गरेको थियो । यो कटौतीले बालिकाहरू तथा ज्येष्ठ नागरिकका बैंकिङ योजनाहरूलाई पनि प्रभाव पार्ने आशङ्का व्यक्त गरिएको थियो ।
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
Former Prime Minister, CPN (UML) chair Oli arrested
प्रतिक्रिया