अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता

मध्यपूर्व युद्ध समाप्त गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ वार्ताका लागि दबाब दिएपछि अमेरिकी वार्ताकारहरूको आगमन हुनुअघि इरानका विदेशमन्त्रीले शनिबार इस्लामाबादबाट बाहिरिएका छन्।
इरान र अमेरिकााबीच इस्लामाबादमा वार्ता हुने अनुमान विपरीत इरानका विदेशमन्त्री अमेरिकी प्रतिनिधिमण्डल नआउँदै पाकिस्तानबाट बाहिरीएका हुन् ।
विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको मध्यस्थता प्रयासमा एक प्रमुख भूमिका खेल्नुभएका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर, प्रधानमन्त्री शहबाज शरिफ र विदेशमन्त्री इशाक दारसँग भेट गरेका थिए ।
इरानले जारी गरेको वक्तव्यमा अराघचीले पाकिस्तानलाई उसको प्रयासका लागि धन्यवाद दिएका छन् । उनले युद्धविरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानविरुद्ध ‘थोपरिएको’ युद्धको पूर्ण अन्त्यका सम्बन्धमा हाम्रो देशको सैद्धान्तिक अडानबारे जानकारी गराए।
पाकिस्तानी नेता डारले सामाजिक सञ्जालमा लेखेका छन्, “इरानी प्रतिनिधिमण्डलसँगको बैठक करिब दुई घण्टा चलेको थियो र पाकिस्तानले ‘वार्ता र कूटनीतिको महत्व’ मा जोड दिएको थियो।”
इरानको सरकारी सञ्चारमाध्यमले पाकिस्तान भ्रमणमा रहेका विदेशमनत्री अराघचीले आफ्ना अडान पेश गरी इस्लामावाद छाडेको पुष्टि गरेका छन् ।
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया