गर्मी मौसममा चुकन्दरका ५ फाइदा

काठमाडौं । दिनप्रतिदिन गर्मी बढ्दो छ । गर्मी मौसममा चुकन्दर खाँदा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । चिकित्सकहरुका अनुसार चुकन्दरले बिग्रिएको छालालाई सफा बनाउने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउने आदि काम गर्छ ।
यी हुन थप चुकन्दरका ५ फाइदा
मस्तिष्कको काम
चुकन्दरमा हुनेले पदार्थले रगत प्रवाहमा सन्तुलन ल्याउने कारण मस्तिष्कको काम पनि तन्तुरुस्त बनाउँछ ।
उर्जावान
चुकन्दरले शरीरमा अक्सिजन र रगतको प्रवाह सन्तुलन गर्ने , यसको जुस सेवन गर्नाले दिनभर ताजा र उर्जावान महसुस गराउँछ
पोषक तत्व
चुकन्दरमा लगभग सबै प्रकारका भिटामिन र मिनरल पाइन्छन् । शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका भिटामिन पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । चुकन्दरमा पोटाशियम, फोलेट जस्ता पदार्थहरु पनि पाइन्छ । यसका साथै, यसमा हुने नाइ ट्रेट हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो ।
क्यान्सर
चुकन्दरमा हुने बिटालेन्स नामक पदार्थले शरीरमा अस्थिर सेलहरुलाई मार्ने काम गर्छ । चुकन्दरमा हुने एन्टिअक्सिडेन्ट, एन्टिइनफ्लामेन्टरी र पोषक तत्वहरुले क्यान्सरको उपचारमा समेत सहयोग पुर्याउँछ ।
सुन्दर छाला
चुकन्दरमा भिटामिन सी, भिटामिन बी जस्ता तत्व पाइने भएकाले यसले उमेरसँगै देखिने छालाका विभिन्न समस्याहरुबाट बचाउँछ । र छालामा आउने विभिन्न प्रकारका समस्याहरुबाट पनि बचाउँछ । एजेन्सीको सहयोगमा
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया