इरानसँगको आणविक सम्झौताबारे छलफल गर्न अर्को हप्ता भियनामा बैठक हुने
मेरोन्यूज
२०७७ चैत २० गते १८:३३

ब्रसेल्स । विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न शुक्रबार सहमति भएको शुक्रबार ईयूले जानकारी गराएको छ ।
मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन् । यस विषयमा ईयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ताका सहभागीहरू अष्ट्रियाको राजधानी भियनामा भेट गरी नाकावन्दी हटाउनुपर्ने आणविक सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने उपायहरू खोज्नका लागि सम्बन्धित विज्ञहरूको टोलीसहित भियनामा बस्नेछन् ।”
बैठकको संयोजकले इरानसँगको आणविक सम्झौता (जेसीपीओए) का सहभागीहरू र संयुक्त राज्य अमेरिकाका साथ भियनामा छुट्टै सम्पर्कहरू तीव्र पार्ने बताएका छन् ।
सम्बन्धित
















पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
बुटवल–नारायणगढ सडक अवरुद्ध
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया