गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैङ्क र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ ।
रामल्लाह स्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब १५ लाख र गाजाको देइर अल–बलाह क्षेत्रमा ७० हजार मतदाताहरु सुचिकृत भएका छन् । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रहरू बिहान सात बजे खोलिएको थियो भने वेलुका सात वजे वन्द हुने छन् ।
गाजा पट्टीको लगभग आधा भाग नियन्त्रण गर्ने फताहको कट्टर प्रतिद्वन्द्वी हमाससँग सम्बद्ध व्यक्तीहरु मतदाता सुचिमा सूचीकृत नभएको जनाइएको छ ।
पछिल्लो समयमा प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, स्थिरता र घट्दो वैधता माथि व्यापक आलोचनाको सामना गरिरहेको छ ।
सन् २००६ देखि कुनै राष्ट्रपति तथा विधायकी चुनाव नभएको कारण, यस क्षेत्रमा नगरपालिका परिषद्हरू नै प्रशासन अन्तर्गतका काम गर्ने केही लोकतान्त्रिक संस्थाहरूका रुपमा रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका संयोजक रमिज अलक्बारोभले निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रिया आयोजना गरी मतदानको वातावरण वनाएकोमा आयोगको खुलेर प्रशंसा गरेका छन् ।
यस अघि विज्ञप्ति जारी गर्दै चुनावले प्यालेस्टिनीहरूलाई चुनौतीपूर्ण अवधिमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिएको अलक्बारोभले बताएका थिए ।
सन् २०२३ अक्टोबरमा युद्ध सुरु भए पछि गाजाको विभिन्न भागहरू ध्वस्त पार्नुका साथै ७२ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् २००७ देखि हमासको नियन्त्रणमा रहेको गाजामा सन् २००६ को विधायी चुनाव पछि हाल पहिलो पटक मतदान भइरहेको छ भने यस अघि इस्लामवादी आन्दोलन विजयी भएको थियो ।
कायरोको अल–अजहर विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जमाल अल–फादीलाई उदृत गर्दै एएफपीलाई प्यालेस्टिनी प्राधिकरणले देइर अल–बलाहमा मात्र चुनाव गरिरहेको जनाएको छ ।
देइर अल–बलाहको जनसङ्ख्या विस्थापित नभएको कारण मत सर्वेक्षणका लागि यो क्षेत्र छानिएको फादीले बताउनु भएको छ ।
निर्वाचन आयोगले नागरिक समाज सङ्गठनहरूबाट मतदान कर्मचारीहरू भर्ती गरी मतदान केन्द्रहरू सुरक्षित गर्न एक निजी सुरक्षा कम्पनी नियुक्त गरेको प्रवक्ता फरीद तामाल्लाहलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
















कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
प्रतिक्रिया