भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

नयाँदिल्ली । भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।
भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कूल सङ्ख्या भने एक लाख ६३ हजार ३९६ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले पनि छ लाख १४ हजार ६९६ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।
सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारेका हुन् ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया