काेराेना संक्रमण भएपछि चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना

नयाँदिल्ली । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उहाँ अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए । खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ ।
शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।” उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरे ।
खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान भएका थिए । सन् २०११ क्रिकेट विश्वकप भारतले जित्दा भारतीय खेलाडीको टोलीको नेतृत्व तेन्दुलकरले नै गरेका थिए ।
उनले भारतको लागि ६ क्रिकेट विश्वकप खेलेका छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन प्रारम्भ गरेका थिए । टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उनकै नाममा छ ।
टेस्ट क्रिकेटमा ४९ शतक तथा एक दिवसीय क्रिकेटमा ५१ शतक बनाएका उनी पुरुष समूहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि हुन् । रासस










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया