तीन आश्रमलाई वाग्मती सरकारको सहयोग

मकवानपुर । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उनले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताए । मन्त्री लामाले मानव सेवा आश्रम, मामा घर नेपाल र राजदेवी असहाय आश्रमलाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा सहकारी दिवस वाग्मती प्रदेश मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, मन्त्रालयका सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डे र वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष वल्लभ सापकोटाले सहकारीको भूमिकाका सम्बन्धमा स्पष्ट पारे ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाइबालाई सम्मान गरिएको थियो ।









भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते
गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया