मंगलबार, चैत ३, २०८२

तीन आश्रमलाई वाग्मती सरकारको सहयोग

मेरोन्यूज २०७७ चैत २१ गते १३:१८

मकवानपुर । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उनले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताए । मन्त्री लामाले मानव सेवा आश्रम, मामा घर नेपाल र राजदेवी असहाय आश्रमलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा सहकारी दिवस वाग्मती प्रदेश मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, मन्त्रालयका सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डे र वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष वल्लभ सापकोटाले सहकारीको भूमिकाका सम्बन्धमा स्पष्ट पारे ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाइबालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया