बुधबार, वैशाख २, २०८३

रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?

मेरोन्यूज २०८२ चैत ३ गते १३:११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वतालिकाबमोजिम पार्टीका नवनिर्वाचित सांसदका लागि आज (मंगलबार) देखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सहभागी भएका छैनन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टीका उपसभापति डीपी अर्यालले दुवै नेता ‘स्वास्थ्यका कारण’ आज उद्घाटन सत्रमा उपस्थित हुन नसकेकाे बताए।

‘स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा वरिष्ठ नेता बालेन शाह उद्घाटन सत्रमा आउन सक्नुभएन’, उनले भने, ‘सभापति लामिछाने पनि स्वास्थकै कारण उद्घाटनमा उपस्थित हुन सक्नुभएन।’बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम बालेनले उद्घाटन गर्ने र रविले समापन गर्ने तालिका थियो।

पार्टी सभापति रवि लामिछानेले दोस्रो दिनको समापन समारोहमा ‘पार्टीको रणनीतिक दृष्टिकोण र नीतिगत प्राथमिकता’ बारे मन्तव्य राख्ने तय भएको छ। कार्यक्रममा रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद सहभागी छन्।

प्रतिक्रिया