न्याम्सको सिनेट बैठक आइतबार बस्दै, कर्मचारी युनियनले गर्यो अस्पताल सुधार लगायतका २४ बुद्धे माग

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट बैठक चैत्र २२ आइतबार बस्दैछ । उक्त सिनेट बैठकमा चिकित्सा राष्ट्रिय प्रतिष्ठान/ वीर अस्पतालका कर्मचारी युनियनले सभा अध्यक्ष तथा स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठान का सहकुलपति, स्वास्थ राज्य मन्त्री र स्वास्थ्य सचिव लाई अस्पताल सुधार लगायतका २४ बुद्धे मागहरु सभा मार्फत पुरा गरी दिन अनुरोध गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, प्रतिष्ठान तर्फको नयाँ सर्जिकल भवन समेतलाई समेटि ओ एन एम सर्भे गरी आवश्यक दरवन्दी सृजना गरी प्रतिष्ठान किताबखानामा दर्तागरी प्रतिष्ठानलाई आवश्यक शिक्षक तथा कर्मचारी सेवा आयोग मार्फत पदपुर्ति गनुपर्ने,चुवावट रोकावट र अनियमितता सम्बन्धमा छानबिन गर्नुपर्ने र वीर अस्पतालको दुवाकोट परियोजना संचालनका लागि यथाशिघ्र कार्य प्रारम्भ गर्नुपर्ने कर्मचारी युनियनकाे माग गरेका छन् ।
यसैगरी,प्रतिष्ठान वीरको रिक्त हुन लागेको निर्देशक पदमा प्रतिष्ठान सेवा तर्फकै कर्मचारी वा शिक्षक नियुक्त हुनुपर्ने,आकस्मिक विभाग एकद्धार प्रणालीबाट सञ्चालन गरी कम्तिमा १०० वेडको आइसीयू सेवा सञ्चालन गरिनुपर्ने,कोभिड उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न अस्पतालका सम्पुर्ण कर्मचारीलाई २०७६ चैतदेखि हालसम्मको कोभिड भत्ता र विमाको रकम उपलब्ध गराउनुपर्ने लगायतका २४ वुद्धे माग पुरा गरिदिन अनुरोध गरेका हुन् ।
कर्मचारी युनियनको माग पत्र यस्तो छ




















सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया