चिनियाँ नागरिकलाई लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।
उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।
छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद रु सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।
४३ लाखसहित पक्राउ
यसैबीच गएराति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट रु ४३ लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमार्डौँ आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज ९गल्ली० बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा रु ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ ।
सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।
–––















चितवन-३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरका साथ विजयी
४५ स्थानको नतिजा आउँदा ५ क्षेत्रमा महिला विजयी
दाङ-२ शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया