ज्वाला सिंहको नाममा चन्दा उठाउने चार पक्राउ

बाँके । ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका–२२ पुरैनीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका–५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी, सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय भीमबहादुर भण्डारी र नेपालगंज उपमहानगरपालिका–३ सल्यानीबाघ बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका–१५ घर भएका २९ वर्षीय ज्योती प्रकाश चौधरी छन् ।
राप्तीसोनारी गाँउपालिका–५ जुरपानी बस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिंह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।















विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया