कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित

एजेन्सी । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ ।
शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।
कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त गर्नु भएको थियो । संसदका सभामुख गाउलक कोन्जुफ्काले ओस्मानी संसदबाट निर्वाचिन भएको घोषणा गर्नु भएको थियो । कोसोभोको संसद १२० सदस्यीय रहेको छ ।
नवनिर्वाचित राष्ट्रपति ओस्मानीले कोसोभोमा कानुनी शासनका लागि आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले कोसोभाका सबै नागरिकका लागि काम गर्ने बताए ।
ओस्मानीलाई प्रधानमन्त्री अल्बिन कुर्तीले पनि समर्थन जनाउनु भएको थियो । कोसोभोको संसदमा पूर्व कोसोभो लिबरेसन आर्मी ९केएलए० को बर्चश्व रहँदै आएको छ । केएलएले स्वतन्त्र मुलुक निर्माणका लागि सर्बियाली सैनिकसँग भिषण युद्ध लडेको थियो ।
राष्ट्रपति ओस्मानी र प्रधानमन्त्री कुर्तीले कमजोर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने गम्भीर चुनौती छ । कोसोभाका नागरिकको औसत मासिक ज्याला ६०० डलरभन्दा कम छ भने युवा बेरोजगारी करिब ५० प्रतिशत छ ।
कोसोभाका धेरै युवा कामको खोजीमा स्वीट्जरल्यान्ड र जर्मनीतर्फ पलायन भएका छन् । ओस्मानी र कुर्ती दुबैले चुनावताका बढी न्यायपूर्ण समाज र रोजगारी सिर्जनामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थियो ।
यसैबीच, सर्बियाले कोसोभोको स्वतन्त्रतालाई अझै मान्यता नदिएका कारण सीमाक्षेत्रमा तनाव साम्य भइसकेको छैन । कोसोभामा सर्बियाली मुलका नागरिकको बसोबास छ, र उनीहरु अल्पमतमा छन् ।
कोसोभाका राष्ट्रपति हाशिम थाचीमाथि दी हेगस्थित अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधमा मुद्दा चलाएपछि राजीनामा दिनु भएको थियो ।
युरोपेली युनियन र संयुक्तराज्य अमेरिकाले क्षेत्रीय तनाब मत्थर गर्ने उद्देश्यले कोसोभोको नयाँ सरकारमाथि सर्बियासँग वार्ता शुरु गर्न दबाब दिने सम्भावना छ । (रासस–एएफपी)
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया