तनहुँमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण भोलिबाट (सूचनासहित)

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तनहुँ जिल्लामा टावर निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लिन आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सूचनामा टावर निर्माणका लागि अधिग्रहण गरिएको जग्गा तथा उक्त जग्गामा रहेका रुख, विरुवा, फलफूल तथा नोक्सान भएको बालीनालीको मुआब्जा दिने उल्लेख छ ।
मुआब्जा समितिको गत पुष १९ गतेको निर्णय अनुसार पुष २१ गते प्रकाशित सूचनाका आधारमा भोलिबाट मुआब्जा दिने प्रशासन कार्यालयले जनाएको छ । तनहुँ हाइड्रो पावर लिमिटेड अन्तर्गत सञ्चालित तनहुँ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निर्माणाधीन दमौली–भरतपुर २२० के.भी. प्रसारण लाइनका लागि जग्गा अधिग्रहण गरिएको थियो ।
मुआब्जा लिन आउँदा नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाणपत्रको सक्कलप्रति, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद, आफ्नो खाता रहेको बैंकको खाता नम्बर लिएर आउनुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै मृत्यु, वेपत्ता, पूर्ण अशक्तता लगायत असामान्य कारण जग्गाधनी स्वयम उपस्थित हुन नसके सोको प्रमाण, जग्गाधनीसँगको नाता प्रमाणित सहित वडाको सिफारिस लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सूचना हेर्नुहोस

















पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
कोलम्बियामा भएको आक्रमणमा ६ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया