शुक्रबार, वैशाख ४, २०८३

नेपाल पक्षका तीन विद्यार्थी नेतालाई ओली पक्षद्वारा कारवाही

मेरोन्यूज २०७७ चैत २४ गते ११:१०

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अनेरास्ववियूका अध्यक्ष ऐन महरले कारवाही गरेका हुन्।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया