अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके

इरानको सामुद्री मार्गमा नाकाबन्दी लगाएका अमेरिकी युद्धपोतले इरानबाट बाहिरिन खोजिरहेका दुई तेल ट्यांकरलाई रोकेर फर्किन आदेश दिएको छ।
नाम नखुलाउने सर्तमा बोलेका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यो घटना मंगलबार भएको जनाएको छ । यस विषयमा इरानको तर्फबाट अझै केही प्रतिक्रिया आइसकेको छैन ।
अमेरिकी अधिकारीका अनुसार, ती जहाजहरू ओमानको खाडीस्थित चाबहार बन्दरगाहबाट प्रस्थान गरेका थिए र अमेरिकी युद्धपोतले रेडियोमार्फत सम्पर्क गरेको थियो।
उनले थपे कि ती दुई ट्यांकरहरू ती छवटा व्यापारिक जहाजमध्ये थिए, जसलाई अमेरिकी सेनाको केन्द्रीय कमाण्डले मंगलबार जारी गरेको विज्ञप्तिमा “फर्केर ओमानको खाडीस्थित इरानी बन्दरगाहमा पुनः प्रवेश गर्न” आदेश दिएको थियो।
केन्द्रीय कमाण्डले नाकाबन्दी लागू भएपछि वाशिङ्टन समय अनुसार सोमबार बिहान १० बजेदेखी कुनै पनि जहाजले उक्त नाकाबन्दी पार गर्न नसकेको जनाएको छ।

















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया