कोरोनाविरुद्धको खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने,कहिले कसको पालो ?

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा (डोज) बैशाख ७ गतेबाट दिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशानलय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।
माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । मन्त्रालयले अनुसार पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएकाहरुलाई
दोस्रो मात्रा दिने निर्णय गरेको हो। सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।
कहिले कसको पालो ?
माघ १४, १५, १६, १७ र २६ गते भित्र खोप लगाएकाहरुले वैशाख ७ गते।
माघ १८, १९, २०, २१ र २७ गते भित्र खोप लगाएकाहरुले वैशाख ८ गते।
माघ २२, २३, २४, २८ र फागुन २ गते भित्र खोप लगाएकाहरुले वैशाख ९ गते।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप भित्र लगाएकाहरुले वैशाख १० गते।
माघ ३०, फागुन ७, ८, ९ र १० गते भित्र खोप लगाएकाहरुले वैशाख ११ गते।

















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया