कोरोनाविरुद्धको खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने,कहिले कसको पालो ?

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा (डोज) बैशाख ७ गतेबाट दिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशानलय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।
माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । मन्त्रालयले अनुसार पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएकाहरुलाई
दोस्रो मात्रा दिने निर्णय गरेको हो। सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।
कहिले कसको पालो ?
माघ १४, १५, १६, १७ र २६ गते भित्र खोप लगाएकाहरुले वैशाख ७ गते।
माघ १८, १९, २०, २१ र २७ गते भित्र खोप लगाएकाहरुले वैशाख ८ गते।
माघ २२, २३, २४, २८ र फागुन २ गते भित्र खोप लगाएकाहरुले वैशाख ९ गते।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप भित्र लगाएकाहरुले वैशाख १० गते।
माघ ३०, फागुन ७, ८, ९ र १० गते भित्र खोप लगाएकाहरुले वैशाख ११ गते।












बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया