सरकारी कागजात किर्ते गरेको अभियोगमा अधिवक्ता पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १५:२३
काठमाडौं । सरकारी कागजात किर्ते गरेकोअभियोगमा एक अधिवक्ता पक्राउ परेका छन् ।
सोमबार काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले अधिवक्ता बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो।
उनीविरूद्ध हेटौंडास्थित एक कम्पनीले २०७५ सालमै जाहेरी दिएको थियो। भक्तपुर चाँगुनारायण घर हुने उनी जाहेरीपछि फरार भएका थिए।
हेटौंडाको एउटा कम्पनीमा भएको भवन र जग्गा आफ्नो नाममा लिएर कम्पनी रजिस्ट्रार कार्यालय, भूमि सुधार कार्यालय, मालपोत कार्यालय सबैबाट डकुमेन्ट मिलाएर चार जनालाई बेचेको र त्यसमा संलग्नता रहेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनिमाथि ९ कठ्ठा ३ धुर जग्गाका कागजातहरू किर्ते गरी बेचेको आरोप छ। उनीमाथि प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया