कालीकोटमा भेटियो दुर्लभ हाब्रे
मेरोन्यूज
२०७७ चैत २४ गते १६:०९

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो ।
लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताए ।
“मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ”, उनले भने । दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताए । “रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ”, उनले भने, “चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।”
हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।
सम्बन्धित









बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस
एमाले कमजाेर भएकाे छैन, झनै शक्तिशाली बनेको छ : शंकर पोखरेल
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया