बिहीबार, फागुन ७, २०८२

कलाकारहरुको फेसबुक अकाउन्ट ह्याक गरी रकम माग गर्ने १४ वर्षीय किशोर पक्राउ

मेरोन्यूज २०७७ चैत २४ गते १७:०४

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको फेसबुक अकाउन्ट ह्याक गरेर रकम मागेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कलाकारको फेसबुक अकाउन्ट ह्याक गर्ने ह्याकरको खोजी गर्ने उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको हो ।

विद्युतिय कारोबार ऐन २०६३ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक नविन्द अर्यालले जानकारी दिए।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया