नबिल बैंकद्धारा स्थानियतहमा क्यूआर कोड वितरण

काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराही स्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रम आयोजना गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी सेवा शुरु गरेको हो ।
बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको हो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडको प्रयोगले डिजिटल प्रविधिमा आधारीत कारोबारमा मानिसहरुलाई सहज पुर्याएको बताए ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशै भर सानो सानो पसलमा क्यूआर कोड मार्फत नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको जानकारी दिए । क्यूआर कोडबाट रकम भुक्तानी लिदा कुनैपनि सेवा शुल्क नलाग्ने भएकाले यसको प्रयोग बढ्दै गएको छ । धुम्बाराही तरकारी बजारमा थोक र खुद्रा गरी दुई सय पसल रहेका छन् । बैंकले हाल ५० वटा पसलमा व्यवसायिक क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ ।









प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया