रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम पछिल्ला दिनमा ह्वात्तै बढ्दै गएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले आज बिहान पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकामा आजै रास्वपा दोलखाका नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईं र पश्चिम नवलपरासीमा सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले पनि रास्वपा छाडेको घोषणा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने नेताहरूले पछिल्लो समय पार्टीभित्र सुशासन र आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप लगाएका छन् । पार्टी विधि, पद्धतिबाट नचलेको भन्दै प्रश्न उठाइरहेका छन् भने आर्थिक पारदर्शितालाई लिएर पनि नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् ।
२०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका डा. प्रणयशमशेर राणाले फागुन ७ गते पार्टी छाडे । उम्मेदवार छनोट प्रक्रिय पारदर्शी नभएकोमा असन्तुष्टि पोखेका उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
सोही दिन बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा गरे । हुमागाईं अघिल्लो निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार थिए ।
मधेस प्रदेशका संस्थापक सभापति ममता शर्माले पनि पार्टीभित्र विधि, पद्धति र आर्थिक पारदर्शिता नभएको आरोप लगाउँदै फागुन ६ गते रास्वपा छोडिन् ।
रास्वपा छाड्ने धेरै नेताहरु अहिले नेपाली कांग्रेस प्रवेश गरिरहेका छन् ।
रास्वपा छाड्नेमा संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला), नुवाकोट जिल्ला सदस्य अशोक थापा, रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका डा. श्री कुँवर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजन, बारा जिल्ला सहसचिव पवन चौधरीलगायत रहेका छन् ।
आजै पार्टी छाडेका सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपाको भनाई र गराईमा एकरुपता नभएको र पार्टी अवसरवादीको चङ्गुलमा परेकाले पार्टी छाडेको बताएका छन् ।
जुन आशा रास्वपाप्रति थियो त्यो क्रमशः क्षिण हुँदै गएकाले बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताए ।
इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीहरुलाई पार्टीमा भित्र्याउने काम भइरहेको पन्थले बताए । अब आफू कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बस्ने पन्थले बताए । दुई दिन अगाडि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेका थिए ।
उनले पनि पार्टीको भनाई र गराईमा एकरुपता नदेखिएको र देशलाई निकास दिनसक्ने अवस्था नदेखेर पार्टी छाडेको बताएका थिए । कांग्रेसका नेता बिक्रम खनाललाई रास्वपा भित्र्याएर टिकट दिएपछि सो क्षेत्रका रास्वपाका कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।
















कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इरानी जहाजकाे मानवीय उद्धारमा श्रीलङ्काको सक्रिय पहल
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया