कोरोनाको दोस्रो लहर आउने देखिएकाले आइसोलेसन र क्वारेन्टाइनको निर्माण र व्यवस्थापन गर्न शिक्षा तथा स्वास्थ्य समिति निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो । ्समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिले सम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिस्चितता गर्नेगरी थप कार्य गर्न निर्देशन दिइन्।
कोभिड–१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिस्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोभिडको दोस्रो लहर आउने देखिएकाले अहिले देखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भिर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
अस्पतालहरुमा दक्ष जनशक्ति व्यवास्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडी बढन पनि समितिले निर्देशन दिएको छ । यस्तै कोभिड र ननकोभिडका बिरामीहरुको उपचार गर्ने विषयमा अहिले देखि नै योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्ने गरी अस्पतालहरु तोक्न पनि भनेको छ । यसबाहेक पीसीआर परीक्षणको रिपोर्ट समयमै उपलब्ध गराउने तर्फ गम्भिर बन्न समेत सरकारलाई निर्देशन दिएको छ ।
कोभिड लागेका विरामी र ननकोभिडका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर कार्यान्वयन गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसबाहेक दोस्रो चरणको कोभिडबाट बच्न जनचेतनाका कार्यक्रमहरु लागू गर्न र सरकारी निकायहरुबीच आवश्यक समन्वय बढाई व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया