डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पोखरेल

चितवन । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसिएसनको आज मंगलबार चितवनको भरतपूरमा सम्पन्न निर्वाचनमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलसँगै उपाध्यक्षः सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक, सचिवः बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, निर्वाचित भएका हुन् ।
यसैगरी कोषाध्यक्षः प्रविण बस्नेत, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा बिकास बैंक
लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित हुनु भएको एशोसिएसनले जनाएको छ ।
यस्तै एशोसिएसनको सदस्यहरुमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र नविन सुवेदी, प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक, उमेश कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक,
नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि सम्हालेका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नुभएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट बाणिज्य बैंकहरु जस्तै रहेको दाबी गर्दै ९० वटा बिकास बैंक घटेर २० भन्दा तल आउदा पनि मार्केट शेयरका हिसाबले पहिले जस्तै कायम राख्नु आजका बिकास बैंकहरुको उपलब्धि उनको भनाई छ ।









कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया