बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
मेरोन्यूज
२०७७ चैत २५ गते १७:३९

काठमाडौं । भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।
यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। बिस्कास् जात्रा चैत २८ बाट हुँदैछ।
नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।
सम्बन्धित
प्रतिक्रिया