नेकपा एमालेका सांसदलाई नेकपा भनिएकोमा खगराज अधिकारीको आपत्ति

काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसद खगराज अधिकारीले नेकपा एमालेका सांसदलाई नेकपा भनिएकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सुरूमै सभामुख अग्नि प्रसाद सापकोटा समय लिएर बोलेका अधिकारीले एमालेका सांसदलाई मिनी संसद भनिने समिति बैठकमा नेकपा सांसद भन्ने गरेकोमा आपत्ति जनाएका हुन् ।
उनले भने ‘संसदभित्र सत्तापक्षको बसाइमा हामी छौं। तर समिति बैठकमा जाँदा हामी नेकपा हुन बाध्य छौं।’
उनले फागुन २३ गतेदेखि यता नेकपा एमाले हामी यहाँ छौं। माओवादी केन्द्र नजिकै छ,एमाले र माओवादीका सांसदहरू बसेको ठाउँतर्फ संकेत गदै कटाक्ष गरे ।
यस्तो खालका परिस्थितिले संसदमा गम्भीर प्रभाव पर्ने उनले बताए।‘हामी सहमतिका साथ जान चाहन्छौं। नेकपा हुनैपर्छ भनेर सहमति हुँदैन। एमाले संसदको ठूलो पार्टी हो। यो बहुमतको सरकार हो। यसको प्रतिनिधित्व त्यसअनुसार नै हुन जरूरी छ,’ उनले भने।









जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया