चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल चैत ३ गते मंगलबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ मार्च १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। आर्थिक क्षेत्रमा सावधानी अपनाउनुहोस्। नौकरी वा पेशामा नयाँ योजना बनाउने समय रहेको छ। सवारी साधन चलाउँदा र बाटो काट्दा हतार नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष : व्यापार व्यवसायमा सुधार आउनेछ। परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। आकस्मिक खर्च बढ्न सक्ने भएकाले बचतमा ध्यान दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। समस्या दर्शाउँदा साथीभाइहरूको सहयोग मिल्नेछ। कामको दौडभागले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : पारिवारिक जिम्मेवारी बढ्नेछ। जग्गा जमीन र सम्पत्ति सम्बन्धी कुरा अघि बढ्न सक्छ। भावनात्मक निर्णय गर्दा शुभचिन्तकहरूको सहयोग लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : व्यापार व्यवसायमा लाभ रहनेछ भने प्रेम सम्बन्धमा सकारात्मक परिणाम मिल्नेछ। नोकरी वा पेसामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।
कन्या :व्यापार व्यवसायमा साहसिक निर्णय र नयाँ योजना सुरु गर्ने समय रहेको छ। आर्थिक अवस्थामा बिस्तारै सुधार हुनेछ। दिन उत्साहपूर्ण वा यात्रा रमाइलो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
तुला : सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा पहिलाका सहयोगिहरू प्रतिस्पर्धी रूपमा देखिनेछन्। महत्त्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक :करियरमा परिवर्तन वा नँया अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कारको प्रशंसा प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु :सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारसँग खुसीको समय बित्नेछ। खर्चमा नियन्त्रण राख्नुहोस्। सकारात्मक व्यवहारले समाजमा नाम स्थापित गराउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मकर : कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। धैर्य र आत्मविश्वासको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ :साझेदारी व्यापारमा सफलता मिल्नेछ। सृजनात्मक काममा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
मीन :उद्योग व्यापारमा फाइदा हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।















नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया