कोरोनाबाट बच्न सचेत रहन प्रधानमन्त्री ओलीको सूझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेकोले सचेत रहेर सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आज बिहिबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, बाफ लिने, बिभिन्न अदुवा, लसुन लगाएत जडिबुटीका झोल नियमित सेवन गर्ने र हातमुख धुने काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उललेख गरे ।
उनले भने, ‘ अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही पर्सेन्ट (प्रतिशत) सुरक्षित गर्ने हो केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्ट भित्र परियो भने गैगयो नी, त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’
‘कतिपयले भन्छन मलाई, भनिआएका छन् । आफ्नो कुरा गर्नुनी भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईहरुसँग आएर मैले राजनीतिको के भन्ने संठनात्मक कुरा बताउने की, राजनीतिका दाउपेचका छन् नी ‘हामी यहाँ छौं’। प्रधानमन्त्री ओलीको भनाई छ ।
चेम्बरको कार्यक्रममा उनले उद्योग व्यावसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएकोले उद्योगी व्यापारी नराउनुर्पे स्थिती नरहेको दोहोर्याए । प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले लामो समय विग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेपनि आफूले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले बाटो लिने दाबी गरे ।

उनले भने, ‘ब्युरोक्र्याटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो यो ब्युरोक्रयाटिक हडल्सलार्ई पनि सरलिकृत गर्नुका साथै प्रकृयामा पुनरविचार गर्न जरुरी रहेको औल्याए ।’
















७४ अंकले घट्यो नेप्से, काराेबार रकम १२ अर्ब
सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया