काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत, एक पक्राउ
मेरोन्यूज
२०७७ चैत २७ गते १२:५८

काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया