राज्य र जनता स्वतन्त्र बनाउन रत्नकुमारले खेलेको भूमिका अविस्मरणीय छ : उपनेता नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
एमाले इलामले आज आयोजना गरेको वान्तवाको स्मृतिसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गरेको हो ।
नेम्वाङले देशका शहीदहरुले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताए ।
वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताए ।
“दैनिक सयौं योजना शुरु भएका छन् । प्रधानमन्त्रीले एकै ठाउँबाट विभिन्न आयोजना शिलान्याश गरिरहनु भएको छ” एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता नेम्वाङले भने ।
उनले भारतले नाकाबन्दी गर्दा पनि दक्षिणी सिमानाका उब्जिएको सहज परिस्थिति भन्नेलाई उत्तरका नाका खोलेर नाकाबन्दी नहुने अवस्था सिर्जना गर्दा पनि ओली सरकारले केही गरेन र गर्न सक्दैन भन्नु हास्यास्पद रहेको बताए ।
सरकारले भूमिगत अवस्थामा रहेका दलहरुलाई अन्य दल सरह नेपालको झण्डामुनि उभ्याउने काम गरेको भन्दै नेम्वाङले यसलाई सफलता मान्ने कि असफलता भन्दै प्रतिप्रश्न गरे । रासस













६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया