राज्य र जनता स्वतन्त्र बनाउन रत्नकुमारले खेलेको भूमिका अविस्मरणीय छ : उपनेता नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
एमाले इलामले आज आयोजना गरेको वान्तवाको स्मृतिसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गरेको हो ।
नेम्वाङले देशका शहीदहरुले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताए ।
वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताए ।
“दैनिक सयौं योजना शुरु भएका छन् । प्रधानमन्त्रीले एकै ठाउँबाट विभिन्न आयोजना शिलान्याश गरिरहनु भएको छ” एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता नेम्वाङले भने ।
उनले भारतले नाकाबन्दी गर्दा पनि दक्षिणी सिमानाका उब्जिएको सहज परिस्थिति भन्नेलाई उत्तरका नाका खोलेर नाकाबन्दी नहुने अवस्था सिर्जना गर्दा पनि ओली सरकारले केही गरेन र गर्न सक्दैन भन्नु हास्यास्पद रहेको बताए ।
सरकारले भूमिगत अवस्थामा रहेका दलहरुलाई अन्य दल सरह नेपालको झण्डामुनि उभ्याउने काम गरेको भन्दै नेम्वाङले यसलाई सफलता मान्ने कि असफलता भन्दै प्रतिप्रश्न गरे । रासस
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया