मुख्यमन्त्री पोखरेलको कटाक्ष : ‘पत्रकार र पार्टीको चुनाव फरक हो’
मेरोन्यूज
२०७७ चैत २८ गते १८:३७

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पत्रकार महासंघको चुनावलाई लिएर सामाजिक सञ्जालमा कटाक्षयुक्त टिप्पणी गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आफुनिकट प्रेस चौतारीले निर्वाचनमा हारेपछि फेसबुकमा लेखेका छन्, “हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो । आज त विपक्षमा महागठवन्धन थियो । तर आमचुनाव हिजो नि फरक भयो,भोली नि हुनेछ ।”

उनको संकेत पत्रकार र पार्टीको चुनाव फरक रहेको र संसदको चुनावमा आफुहरु बलियो रहनेतर्फ केन्द्रीत छ ।
काँग्रेस निकट प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र एमालेकै माधव नेपाल पक्षसमेत मिलेर गठबन्धन बनाई चुनाव लडेका थिए । जसपा ओली निकट चौतारीले नराम्ररी हार व्यहोरेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया