रोग प्रतिरोधात्मक क्षमता बढाउने घरेलु उपाय

एजेन्सी। पछिल्लो समय विभिन्न प्रकारका संक्रमण बढिरहेको हुँदा यस्ता संक्रमणबाट बच्न विभिन्न प्रकारका घरेलु उपायहरु अपाउनुपर्ने देखिन्छ । घरेलु खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गरेको पाइन्छ । सही पोषक तत्वको आपूर्तिले रोग प्रतिरोधात्मक क्षमता, एन्टिबडिज रोगहरु र संक्रमणसँग लड्न मद्दत गर्छ ।
कोरोना भाइरसको महामारीका कारण हाम्रो दैनिक जीवनमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु खाने गर्नुपर्ने स्वास्थ्य विज्ञले बताउने गरेका छन् । त्यसका लागि केही यस्ता पेयपदार्थहरु बनाएर पिउने गर्नुपर्छ ।
तरबुजाको जुस
तरबुजामा अत्यधिक मात्रामा पानी हुने भएकाले यसले शरीरमा पानीको कमि हुन दिँदैन । यसले शरीरलाई डिटाक्सिफिकेशन गरेर रगत सफा गर्ने काम गर्छ । यसले कलेजोमा भएको रगत शुद्ध गर्ने, विषाक्त पदार्थ बाहिर फ्याँक्ने काम गर्छ । यसको जुसमा हुने पोषक तत्वहरु भिटामिन ए, सी र म्याग्नेशियम हुन्छ । यसले मांसपेशी दुख्ने र फ्लुको खतराबाट बचाउँछ ।
टमाटरको जुस
टमाटरको ताजा जुसमा फोलेट हुने भएकाले यसले संक्रमणको खतराबाट बचाउँछ । यसमा विभिन्न प्रकारका भिटामिन, मिनरल र शक्तिशाली एन्टिअक्सिडेन्ट हुने भएकाले यसले स्वास्थ्य सम्बन्धी फाइदा पुर्याउँछ ।
अमिलो फलफूलको जुस
अमिलो फलफूल भिटामिन सीको स्रोत हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यस्तो पेयपदार्थले सेतो रक्तकोशिकाहरुको उत्पादनमा बृद्धि गर्छ । यसले शरीरमा संक्रमण र भाइरलबाट बचाउँछ ।
लौकाको जुस
लौकाको बिउको जुसमा जिंक, म्याग्नेशियम र फाइबर अधिक मात्रामा हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
राता फलफूलको जुस
चुकन्दर, गाजर, स्याउ जस्ता फलफूलमा पोषक तत्व भरपुर मात्रामा पाइन्छ । यस्ता फलफूलको जुसले विभिन्न प्रकारका फ्लुबाट बचाउँछ ।
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया