नयाँ वर्षमा रिचार्जरले ७० प्रतिशत छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी

काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।
देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।
अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैमा पाइनेछ । यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।
चैत ३० गते सोमबारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागी सबै ग्राहकलाई गोलाप्रथामा सहभागी गराई आकर्षक उपहार पनि वितरण गरिने ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफरसहित सेल सञ्चालन गरिएको बताएका ग्लाइडरले यसबाट सेवाग्राहीले लाभ लिन सक्ने बताए ।
किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रक्रिया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शून्य प्रतिशत ब्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया