कोरोनाले रोकिएको प्रदेश सुरक्षा गोष्ठी पोखरामा सुरु

काठमाडौं । कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठि गण्डकी प्रदेशबाट सुरु भएको छ ।
गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले गमलामा पानी हालेर आज उद्घाटन गरे । गोष्ठि आइतबारबाट सुरु भएकोमा गृहमन्त्रीले आज औपचारिक उद्घाटन गरेका हुन् ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबारबाट सुरु भएको गोष्ठिमा गृहमन्त्री बादल सहित गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आईजीपी सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका गण्डकी प्रदेशका पृतनापति तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडियो र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।

गोष्ठिमा सबै जिल्लाबाट आएका सुरक्षा विश्लेषणका आधारमा गृहमन्त्रालयले सुरक्षा सम्बन्धि नयाँ रणनीति बनाउने गरेको छ ।
गृह मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठिको मिति तोकिने कार्यक्रम रहेको छ । गत वर्षनै हुनपर्ने सुरक्षा गोष्ठि कोरोनाका कारण रोकिएको थियो ।
वर्षमा कम्तिमा एक पटक सुरक्षा गोष्ठि हुनुपर्नेमा कोरोनाका कारण लामो समयदेखि हुन सकेको थिएन । सुदुरपश्चिम प्रदेशमा त दुई वर्षदेखि सुरक्षा गोष्ठि हुन सकेको छैन ।















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया