देशवासीका नाममा प्रधानमन्त्रीको सम्वोधन : नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो पा्रथमिकता भएको वताएका छन् । कोभिडवाट नागरिकको जीवनरक्षालाई सरकारले पा्रथमिकतामा राखेको भन्दै जनताको जीवनरक्षा गर्न सके अन्य विषय पून सोच्न सकिने भएकाले सरकारले सोही अनुसारको नीति अगाडी वढाएको प्रधानमन्त्रीको भनाई थियो ।
नयाँ वर्ष २०७८ को अवसरमा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयवाट देशवासीलाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले त्यस्तो वताएका हुन् ।
कात्तिकवाट नियन्त्रणमा लिएपनि चैतको शुरुआतीवाट फेरि कोरोना वढन थालेको प्रधानमन्त्रीको भनाई थियो । कोरोना वढ्न नपाओस, तीव्र क्षति नहोस, जनधनको क्षति नहोस, अर्थब्यवस्थामा प्रतिकुल असर पार्न नसकोस भनेर सजग हुनुपर्ने अवस्था फेरि आएको भन्दै प्रधानमन्त्रीले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न र चिकित्सकले दिएका सुझावलाई शिरोधार्य गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले ०७७ साल राजनीतिक अस्थिरता रहेपनि गत वर्ष पनि निरर्थक वर्ष नरहेको प्रधानमन्त्रीकोभ नाई थियो । मेलम्चीको पानी को दशकौंको प्रयास सफल भएर काठमाडौंका धाराहरुमा मेलम्चीका पानी झार्न सफल भएको, पूर्ननिर्माणका काम तिव्र गतिमा भएकोले पनि निरर्थक वर्ष २०७७ लाई हुन नदिएको प्रधानमन्त्रीले बताए ।
कोभिड १९ दुनियाका कसैका लागि पनि पहिले देखि चिनिएको जानिएको विषय नरहेको र यसको सामना कसरी गर्ने भन्ने अनुमानकै भरमा चल्नुपर्ने अवस्था रहेकोको वेला सरकारले नागरिकको जीवनरक्षा गर्नु पहिलो कर्तब्य ठानेर सोही अनुसारको काम गरेको प्रधानमन्त्रीको भनाई थियो ।
नागरिकको जीवन रहेन भने कुनै कुराको सुचारु हुन सक्दैन भन्ने भावका साथ सरकारले काम गरेको प्रधानमन्त्रीले बताए ।
सही नीतिका कारण सरकार असफल नभएको जिकिर गदै प्रधानमन्त्रीले तुलनात्मक रुपमा कम क्षति भएपनि सरकारको प्रयास सफल रहेको वताए ।
गएको वर्षलाई सफलताको वर्ष मान्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
पृथकतावादीहरुलाई मुलधारमा ल्याएर संविधानको सर्वस्वीकार्यताका लागि काम गरेर महत्वपूर्ण काम गरिरहेको र अहिलेको वर्ष पनि हिंसाको वाटो हिडेकालाई पनि मुलधारमा ल्याएर अर्काे सफलता प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो । राजनीतिक अभिष्ट सम्वैधनिक र शान्तिपूर्ण राजनीतिवाटै प्राप्त गर्न सकिन्छ भन्ने स्थापित गरेको प्रधानमन्त्रीले वताए ।
यसरी हेर्दा सरकारले ठूला सफलता प्राप्त गरेको प्रधानमन्त्रीले जिकिर गरे ।
प्रधानमन्त्रीले सभाहलहरु वन्ने देखि संसद भवन वन्ने सम्मका थुप्रै निर्माण कार्य भएको र जनतालाई आशा जगाउने धेरै काम भएको पनि प्रधानमन्त्रीको भनाई थियो । केही नभएको भन्दै जनता भडकाउने काम गरेपनि सरकारले जनतामा आशा र भरोसा जगाउने काम लगातार गरिरहेको प्रधानमन्त्रीले जिकिर गरे ।
दिनमा साढे ५ किलोमिटर वाटो वनेको पनि प्रधानमन्त्रीले बताए ।
एक दिनमा कम्तीमा १२ ओटाका दरले आवासगृह वनेको प्रधानमन्त्रीले वताए ।

















चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया