कुकुर हत्या प्रकरणः पशु अधिकारकर्मीहरुद्वारा माईतीघरमा प्रदर्शन (तस्बिर)

काठमाडौं । गत १८ चैतमा खैरे कुकुरलाई हत्या गरेको विरोधमा माईतीघरमा पशु अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
काभ्रेको २८ किलोमा कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको विषयलाई लिएर पशु अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीको अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्रहार गरेको देखिएको छ ।

घटनापछि पशु अधिकारकर्मीले बच्चाको घरमा समेत तोडफोड गरेको पाइएको काभ्रे प्रहरीले जनाएको छ । दुवै पक्षविरुद्ध मुद्दा चलाउने प्रहरी तयारी छ ।
कुकरको हत्या भएको भन्दै २९ चैतमा नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा जाहेरी दिएको थियो ।




















श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया