चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न

काठमाडौँ। चाँगुनारायण नगरपालिका वडा–९ को सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आयोजना गरेको दुई महिने “ढाका बुनाई” तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा चाँगुनारायण नपाका महिला तथा बालबालिका शाखा प्रमुख निलाकुमार घिमिरे, वडा–९ का अध्यक्ष गणेश त्यात्तलगायतले तालिममा सहभागीहरु १० जनालाई प्रमाणपत्र प्रदान गरका हुन् ।
सो अवसरमा चाँगुनारायण न.पा.का महिला तथा बालबालिका शाखा प्रमुख निला कुमारी घिमिरे तालिम लिएका वडा–९ का स्थानीय प्रशिक्षार्थीहरुलाई आफूले पाएको तालिमको सदुपयोग गरी आय आर्जनमा लाग्न आग्रह गरिन् ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमले भनिन्,“स्थानीय महिलालाई हामी सिप दिन्छौ, दिदीबहिनीहरुले आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नो सिपलाई व्यवसाय, रोजगारीसँग जोड्नुहोस्, आवश्यक सहयोग गर्न प्रतिष्ठान सधैं तयार छ ।”
उनले यस तालिममा सहभागीहरुलाई सारी,सानो/ठूलो पछौरा,थानको कपडा बुन्न सिकाईएको जानकारी दिइन् ।
वडा सदस्य कमला गिरीले प्रतिष्ठानले महिलालाई ढाका बुन्ने सिप दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै महिला दिदीवहिनीले आफैंले बुनेका कपडा लगाउन पाउँदा गौरव महसुस हुने बताइन्
।
प्रतिष्ठानका महासचिव गीता न्यौपानेले ६० दिनसम्म मेहनतका साथ सिकेको सिपलाई व्यवहारमा उतारेर आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् ।
तालिममा सहभागी कोपिला खड्काले दुई महिने तालिममा सिकेको सिपको सदुपयोग गर्ने वातावरण मिलाईदिन आग्रह गरिन् ।
त्यसैगरी रन्जना हेगजुले प्रशिक्षकहरुले झर्को नमानी सिकाएको स्मरण गर्दै ढाका बुन्ने मेसिन पाए अब काम गर्न सक्ने आत्मविश्वास पलाएको अनुभव सुनाइन् ।
यस तालिममा प्रशिक्षकहरु थममाया पुलामी मगर र बविता देवान राईले १० जना स्थानीय महिलालाई ढाका बुनाई प्रशिक्षण दिएकी थिइन् ।
सो अवसरमा सहभागीलाई प्रतिष्ठानको तर्फबाट ढाका बुन्ने एउटा मेसिन पनि प्रदान गरिएको थियो ।
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया