बालाजुमा १६ सय सिलिण्डर नष्ट

काठमाण्डौं । नेपाल ग्यास उद्योग प्रा.लि.ले पुराना एक हजार छ सय सिलिण्डर ग्यास नष्ट गरेको छ । बिहिबार बालाजुमा रहेको नेपाल ग्यास उद्योग प्रा.लिको कार्यालयले १ हजार ६ सय नेपाल ग्यास नष्ट गरेको हो ।
नेपाल ग्यासका डेपुटी मार्केटिङ म्यानेजर बुद्धि गम्भिर पण्डितले उपभोक्ताको सुरक्षालाई दृष्टिगत गरी पुराना तथा प्रयोग गर्न नमिल्ने सिलिण्डर ग्यासको छनोट गरी बिहिबार नष्ट गरिएको जानकारी दिए । उनका अनुसार सुरक्षाको दृष्टिले असुरक्षित हुने ग्यास छनोट गर्दै विगतदेखि नेपाल ग्यासले नष्ट गर्दै आएको र भविष्यमा पनि नष्ट गर्ने योजना रहेको छ ।
ग्यास नष्ट गर्दा अन्य पनि विकल्प भएता पनि नेपाल ग्यासले आगो लगाउँदा वातावरणमा असर पर्ने र सो क्षेत्रसँगै काठमाण्डौं उपत्यकामा असर पर्ने सरोकारवालाले जनाएका छन् । वातावरणविद् डा.भुषण तुलाधरले धुलोको समस्या अल्पकालिन भएपनि नियमित हुने सवारी साधनको धुवासँगै नियमित आगोबाट आउने प्रदुषणले जनस्वास्थ्यमा असर पर्ने बताए ।
















राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया