नक्कली सुनको कारोबार गरेको अभियोगमा धादिङ तिपलिङ्गका एक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २ गते १८:०६

काठमाडौं । नक्कली सुनको कारोबार गरेको अभियोगमा एक जना बनस्थलीबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखालेको धादिङ रुबीभ्याली गाउँपालिका-१ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने २२ बर्षीय ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङले विभिन्न ब्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको अधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा पक्राउ गरेको हो ।
तामाङ उपर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
सम्बन्धित







प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया