चट्याङ र हावाहुरी कारण काठमाडौं आउँदै गरेका ४ वटा जहाज भारत पठाइयो
मेरोन्यूज
२०७८ वैशाख ३ गते १८:५४

काठमाडौं । हावाहुरीसँगै परेको चट्याङका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विभिन्न देशबाट आउदै गरेका चार जहाजलाई भारत पठाइएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको जनाएको हो ।
कतारको दोहाबाट काठमाडौं आउँदै गरेको एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ । साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ ।
दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ । आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको छ । कार्यालयले साँझ ६ बजेपछि भने काठमाडौं विमानस्थलको भिजिविलिटीमा सुधार आएको जनाएको छ ।
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया