इच्छाकामना गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अबदेखि इच्छाकामनाका नागरिकले रगतका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
सम्झौताअनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि भने बुझाउनुपर्नेछ ।
यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउने छन् । सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ ।
योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् ।
गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पुर्याएको अध्यक्ष गुरुङले बताइन् । हाल पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको उनको भनाई थियो । (रासस)









एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
प्रतिक्रिया