नौ महिनामा ३० गैंडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैंडा मरेका थिए। तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैंडा मरेपछि निकुञ्जले गैंडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ।
प्राकृतिक कारणले मरेका गैंडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ। हालै गैंडा गणना भएपछि कुन क्षेत्रमा कति गैंडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए। चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ। केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन। गत वर्ष चोरी शिकार शून्य रहेको थियो। बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए। सन् २०१५ पछि यस वर्ष गैंडा गणना गरिएको हो। यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैंडा भेटिएका थिए। यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो। त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ।
बाढीबाट केही गैंडा बगेर भारत पुगेको अनुमान छ। भारतबाट १० वटा गैंडा फिर्ता ल्याइएको भए पनि अझै केही गैंडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ। आशा गरेअनुसार गैंडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन्। रासस
















Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया