मंगलबार, चैत १७, २०८२

भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने

मेरोन्यूज २०८२ चैत १७ गते २०:२९

काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका  १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने  स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको  हो । 

Advertisement
nepal life insurencenepal life insurence

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको हो ।

गत २४ असारमा आएको बाढीका कारण ठाउँ–ठाउँमा पहिरो खसेर क्षति पुगेको थियो । त्यस्ता ठाउँमा २.५ मिटरदेखि ३ मिटरसम्म मात्र ट्र्याक खोलेर जसोतसो सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

भौगोलिक अवस्थाले गर्दा सडक बन्द गरेर काम गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए ।

आयोजनाका अनुसार आगामी ३ महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सडक बन्द गरिनेछ । जसअनुसार यो पटक बुधबारदेखि २ वैशाखसम्म सडक बन्द रहनेछ ।

चीन सरकारको साढे ६ अर्ब रुपैयाँ अनुदानमा चिनियाँ कम्पनीले यो १५.५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ । 

प्रतिक्रिया