सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । नवलपरासी (पूर्व), सुनसरी, भक्तपुर, सर्लाही, मोरङ र धनुषाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ना.५ ख ७००० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा ईलाम बस्ने २५ वर्षीया धनु दर्लामी लगायत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको पुरानो मेडिकल कलेज र २० जनाको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी । ईटहरी उपमहानगरपालिका(६ पश्चिम लाईनस्थित सडकमा ना.५ ख ११११ नम्बरको बसले को.३३ प ३२४० नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक ईटहरी बस्ने ४२ वर्षीय बीरेन्द्र चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर । चाँगुनारायण नगरपालिका-७ बागेश्वरी ठुलीगाउँस्थित सडकमा बा.९० प १२७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको नालीमा खसेर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही । लालबन्दी नगरपालिका-७ डुमडुमेस्थित सडकमा प्रदेश २-०२-००३ प ०४९८ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषा जनकपुर उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय संजित
दासको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ । धनपालथान गाउँपालिका-४ स्थित सडकमा को.२७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-२ बस्ने २३ वर्षीय भोला शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-३ बस्ने २२ वर्षीय कासमिक मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको छ ।
धनुषा । लक्ष्मिनिया गाउँपालिका-४ सपहिचोकस्थित सडकमा ज.६ प ५१ २८ नम्बरको मोटरसाइकल सडक निर्माण भईरहेको डाईभर्सन बोर्डमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका व्यक्तिको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले तत्काल उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया