शनिबार, फागुन ९, २०८२

लागौं पाल्पाको अर्गली

दुर्गा राज पाण्डे २०७८ वैशाख ५ गते १७:२४

पाल्पा । के तपाई पाल्पा जिल्ला तथा पाल्पा जिल्ला आसपासमा हुनुहुन्छ? यदी हुनुहुन्छ भने एकपटक पाल्पाको अर्गली भ्रमण गर्नुहोस । के के कारणले प्रशिद्द छ अर्गली ? साच्चै सुन्दर अर्गलीमा के के छन त आउनुहोस् चर्चा गरौ ।

Advertisement
nepal life insurencenepal life insurence

ऋषिकेश भगवान अनि काली गण्डकीको रोजाइ परेको ठाउँ,
शान्त ठाउँ मानेर और्व ऋषिले ध्यान गर्न रोजेको ठाउँ,
बाइसे चौबिसे कालमा मणिमुकुन्दले रोजेको ठाउँ,
नेपालमै पहिलो मानबनिर्मित सुरुङ्ग (छेडुवा) भएको ठाउँ,
आधुनिक कालमा भिमसेन थापाले रोजेको ठाउँ,
राणाकालमा जुद्दशम्शेरले रोजेको ठाउँ,
नेपालमै एक मात्र बद्रीनाथको मन्दिर भएको ठाउँ,

प्रसिद्ध धार्मिक स्थल रुरु क्षेत्र (रिडी), ऋषिकेश मन्दिर, गायत्री मन्दिर सत्यश्वरको मन्दिर, जुद्ध शमसेरको दरवार, शैलोच्चगिरी पर्वत, और्व ऋषिको आश्रम, अस्ट्भुजा भगवती मन्दिर कोलाचौर, विभिन्न ठाउमा शिवालयका मन्दिरहरु, राधाकृष्ण मन्दिर, सिवालय मन्दिर कुडापानी, अस्टभुजा भगवती मन्दिर फोश्रान,खाड्देवी मन्दिर अर्तुङा, और्वाश्रमेस्वरी भगवती मन्दिर,, शिध्ध गुफा, काली गण्डकीमा पाइने शालिग्राम, चारवटा राजकुलो (जेठीकुलो, माइलीकुलो,साइलीकुलो,कान्छीकुलो) मधुमतीको मन्दिर,पहेली पौवा।

कहिल्यै नसुक्ने कुरुङ खोला, काली गण्डकीको बालुवा, तिरतिरेको पानी,भुलभुलेको पानी, चिदीको पानी कुडापानीको ढुङ्गा, पानीका मुल अनि जडिबुटीमा प्रख्यात रनुवाको मधुवन, खक्र्यानको वन। सिमल गैरा क्रीकेट मैदान, फोश्रानको स्मार्ट कृषि गाउँ, खेतीपाती र कृषिमा अब्बल, आलु बन्दा लगायतका तरकारीहरु भब्य उत्पादन, मिलेको बस्ती, ऐतिहासिक माघे सक्रान्ती रिडीमेला,द्वादशी रथयात्रा, एकादशी मेला रोचक अनि ऐतिहासिक (वाख्खै)सराइ नाच, करिब ६० बर्ष पुरानो पुर्णिामा साङ्गितिक साझ, पानी सिचाइमा मुरी प्रणाली, (यो प्रणालीको बैज्ञानिकताको अध्यन गरि अमेरिकी नागरिक लगायत करिब एक दर्जनले बिध्यावारिधी गरेका छन),४०० फाट, ३००, फाट १०० फाट, अर्तुङाको फाट, देउरालीको बजार, म यहाँ भन्दा भन्दै पनि धेरै प्रसम्शा गर्न लायक थुप्रै प्राकृतिक, ऐतिहासिक, धार्मिक अनि सास्कृतिक धरोहरहरु छुटेका हुनसक्छन्। लुम्बिनी तथा पोखरा जस्ता अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गन्तब्यको बिचमा पर्ने पाल्पा जिल्ला अनि सोही जिल्लामा भएको अर्गलीमा यति धेरै पर्यटकिय गन्तव्य हुनुले अर्गलीवासीले सधै गर्वको अनुभुती महसुस गरेका छन् ।

आउदा दिनमा देशीविदेशी पर्यटकहरु भित्राउन सकेमा अर्गली नेपालकै नमुना बन्न सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

लेखक दुर्गा राज पाण्डे कान्तिपुर टेलिभिजनमा कार्यरत छन्

प्रतिक्रिया