प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकोे हो । बैठकले सोमबार (आजै) दिउँसो एक बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
वर्षे अधिवेशन अर्थात बजेट अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन गत फागुन २३ गते सुरु भएको थियो । हिउँदे अधिवेशनको ९ वटा बैठक चलेपनि प्रभावकारी हुन नसकेको टिप्पणी हुँदै आएको छ । ९ वटा बैठक सञ्चालन हुँदा समेत कुनै पनि विधेयक टेबल भएन ।
अभिवेशन नरहेको बेला सरकारले ल्याएका अध्यादेश समेत टेबल हुन सकेन । सर्वोच्चको आदेशपछि पूर्नस्थापित प्रतिनिधि सभाको यो अधिवेशन निष्प्रभावी जस्तै बन्यो ।
















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया