प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
मधेस प्रदेश राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारी तथा सरोकार भएका निकायको योगदानको उच्च प्रशंसा गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दीए ।
साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उनले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरे । प्रधानमन्त्री कार्कीले भनीन्, “हामीले बनाएको योजना तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो । हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो । यसका लागि म आभारी छु । मान्छेहरू मलाई बधाइ भनिरहेका छन् । यसको वास्तविक हकदार तपाईंहरू हो ।”
त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्त्वपूर्ण राष्ट्रिय अनुष्ठानको अङ्ग बन्न पाएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताए । उनीहरूले निर्वाचनका दौरान देखेभोगेका अनुभव पनि सुनाए ।
















वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया