अवैध लागुऔषधसहित उर्लाबारीबाट एक जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ६ गते १२:४७

मोरङ। जिल्लाको उर्लाबारी नगरपालिका–४ स्थित आइतबारे बजारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले मिक्लाजुङ गाउँपालिका–३ घर भएका पक्राउ पर्नेमा ५१ वर्षीय सुरेन्द्र गड्तौलालाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ट्रामाडोल २ सय ट्याब्लेट र डेकोलिक २ सय ट्याब्लेट बरामद गरेको छ । लागुऔषध मुद्दामा म्याद लिएर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया